हेल्सन्की । फिनल्याण्डमा एक सांसद् संसद भवनभित्रै मृत फेला परेका छन् । सोसल डेमोक्र्याटिक पार्टीका सांसद ३० वर्षीय इमेली पेल्टोनेन फिनल्याण्डको राजधानी हेलसिन्कीस्थित संसद भवनभित्र मृत भेटिएका बीबीसीले जनाएको छ ।
प्रहरी अधिकारीहरुले सांसद पेल्टोनेनले आत्महत्या गरेको हुन सक्ने आशंका गरेका छन् । घटनाप्रति सरकार, राजनीतिक दल र सांसदहरुले दुःख व्यक्त गरेका छन् ।
सोसल डेमोक्रेटिक पार्टीकी संसदीय दल नेता टिट्टी टुप्पुरेनेनले पेल्टोनेन आफ्नो पार्टीको एक प्रिय सदस्य रहेको भन्दै उनी सधैं सम्झनामा रहिरहने बताएकी छन् ।
प्रधानमन्त्री पेटेरी ओर्पोले आफ्नो एक दिनका सबै काम रद्ध गरेका छन् । प्रधानमन्त्रीले पेल्टोनेनको निदनमा दुःख व्यक्त गर्दै एक मिनेट मौन धारणासमेत गरेका थिए ।
पेल्टोनेन सन् २०२३ मा भएको आमनिर्वाचनमा सांसद् निर्वाचित भएका थिए । पेल्टोनेन मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।