९ भाद्र २०८२, सोमबार
Follow Us

गुन्डा नाइके रेस लामा चाबहिलबाट पक्राउ

नेपालब्रिटेन संवाददाता
९ भाद्र २०८२, सोमबार ०५:३४

काठमाडौँ । गुन्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् । प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ करिब साढे आठ बजे चाबहिलस्थित ए वन क्याफेबाट पक्राउ गरेका हुन्।

प्रहरीका अनुसार उनले गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिस पुतलीको एक रेस्टुरेन्टमा एक जनामाथि अभद्र व्यवहार अशील शब्दहरू प्रयोग गरी कुटपिट गरेको आरोप छ । हाल उनलाई नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धेरै पढिएको