काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तोकिएको समयसीमा सकिँन लाग्दा पनि सामाजिक सञ्जाल दर्ता प्रक्रियामा कुनै पनि नआएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले कुनै पनि सामाजिक सञ्जालले अहिलेसम्म दर्ता प्रक्रिया सुरु नगरेको बताएका छन् । प्रवक्ता ठाकुरले भने, ‘हामी कुरिरहेका छौं । आजबाट सरकारले तोकेको समयसीमा सकिँदैछ ।
तर कुनै प्रगति भएको छैन। कुनै सामाजिक सञ्जाल दर्ता गर्न आएका छैनन्, ‘अब भरेसम्म कोही दर्ता हुन नआए के गर्ने भन्ने निश्चित छैन ।’ यसअघि टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच सामाजिक सञ्जाल सूचीकरण भइसकेका छन् ।