काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारी नागरिकको माग सम्बोधन गर्न छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षसँग अपिल गरेका छन् ।
बिहीबार दिउँसो जारी विज्ञप्तिमा भनिएको छ, ‘देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी किास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवम हर प्रयास गर्दैछु ।’