४ आश्विन २०८२, शनिबार
Follow Us

जेनजी आन्दोलन : तोडफोड र आगजनीबाट देशभरका ६२९ भवनमा पूर्ण क्षति

नेपालब्रिटेन संवाददाता
४ आश्विन २०८२, शनिबार ०६:३९

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवनमा पूर्णरूपमा क्षति पुगेको छ ।

आन्दोलनका क्रममा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको हो । आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण ती भवनहरूमा क्षति पुगेको नेपाल प्रहरीले जनाएको छ ।

आन्दोलनमा नेपाल प्रहरीका मात्रै १ सय ७७ वटा भवन पूर्णरूपमा क्षति भएको छ । प्रहरीका २ सय ५८ वटा भवनमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । तोडफोड र आगजनीबाट तीन सय १० वटा सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएको छ । प्रारम्भिक विवरणमा कूल आठ सय ३६ वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ ।

त्यस्तै, ९७ वटा व्यापारिक तथा निजी भवन पूर्णरूपमा क्षति भएको र दुई सय ९२ वटा व्यापारिक तथा निजी भवनमा आंशिक रुपमा क्षति पुगेको छ ।

यसैगरी विभिन्न राजनीतिक दलका ४५ वटा पार्टी कार्यालय पूर्ण रुपमा क्षति भएको छ भने एक सय ७४ वटा कार्यालयमा आंशिक क्षति पुगेको प्रहरीले सङ्कलन गरेको विवरणमा उल्लेख छ ।

धेरै पढिएको