५ आश्विन २०८२, आईतवार
Follow Us

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या

नेपालब्रिटेन संवाददाता
५ आश्विन २०८२, आईतवार ११:५८

काठमाडौं । गत २३ र २४ मा भएको जेन–जी समुहको प्रदर्शनको क्रममा नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन ।

काभ्रेको पनौती नगरपालिका– १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको वडा अध्यक्ष जयराम केसीले जानकारी दिएका छन ।

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिएका छन ।

धेरै पढिएको