काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । क्यानले सोमबार साँझ नयाँ जर्सी सार्वजनिक गरेको हो । जर्सीमा पहिलेको भन्दा केही कुराहरूमा परिमार्जन गरिएको छ ।
नयाँ जर्सीमा गाढा निलो र रातो रङको प्रयोग भएको छ । त्यस्तै एकतर्फको काँधमा नेपालको झण्डाको चन्द्र र अर्कोतर्फको काँधमा सूर्य अंकित छ । त्यस्तै जर्सी स्पोन्सर नासा सेक्युरिटिजको लोगो जर्सीको बीच भागमा कायम छ । जर्सीको तल्लो भागमा सगरमाथाको संकेत गर्ने चित्र पनि समावेश छ ।
यसअघि नेपालको नाम लेख्दा पहेँलो रङको प्रयोग भएकोमा नयाँ जर्सीमा सेतो रङकै प्रयोग भएको छ । नेपाली क्रिकेट टोली पनि वेस्ट इन्डिजसँगको शृङ्खला खेल्न आजै बेलुकी युएई प्रस्थान गरेको छ । नेपालले वेस्ट इन्डिजसँग ३ खेलको टी(२०आई शृङ्खला खेल्दै छ ।