७ आश्विन २०८२, मंगलवार
Follow Us

रेश्मीकाको बलात्कार : थाहा पाउने डरले हत्या

नेपालब्रिटेन संवाददाता
७ आश्विन २०८२, मंगलवार ०५:३०

खोटाङ । सहकारीमा कार्यरत रेश्मीका परियार कार्यालयबाट अपरान्ह ४ बजेतिर निस्किन्छन् । पैदल यात्रामा करिब एक घण्टा लाग्थ्यो कार्यालयदेखि घरसम्म पुग्न । बाटोमा एक जना किशोर भेटिन्छन् । किशोरले रेश्मीकाको श्रीमानले आफूलाई पैसा दिनुपर्ने तर नदिएको भन्दै फोन लगाइदिन आग्रह गर्छन् ।

रेश्मीकाले श्रीमानलाई फोन गर्छिन, सामान्य कुरा हुन्छ । दँशैतिर सो किशोरको पैसा दिने कुरा रेश्मीकाको श्रीमानले गर्छन् । रेश्मीका र उनका श्रीमानको यो अन्तिम कुरा भएको समय थियो अपरान्ह ४ बजेर ५३ मिनेटमा ।

यता किशोरको चाहना पैसाभन्दा पनि रेश्मीकासँग शारीरिक सम्बन्ध राख्ने थियो । श्रीमानलाई फोन गरिदिन उनको त्यो आग्रह केवल बोल्ने बाहाना मात्र थियो । ती किशोर धेरै समय अघिदेखि उनलाई बलात्कार गर्ने योजना बुनिसकेका थिए । सो दिन उनले आफ्नो योजना सफल पार्न लागि परेका थिए ।

त्यही योजनाअनुसार जङ्गलमा गएर पर्खिए । जब रेश्मीका त्यो ठाउँमा पुगिन् किशोरले रेश्मीकालाई पछाडीबाट धकेलेर सडकमुनि झारे । सडकभन्दा तल जङ्गलतर्फ भिरालो जग्गामा रेश्मीका उम्किन पाएनन् । करिब १६ वर्षका ती किशोर शारीरिक रुपमा बलिया थिए । सडकभन्दा करिब डेढसय मिटर तल धकेल्दै घिसार्दै लागे । त्यो बेलासम्म रेश्मीका अचेत भइसकेकी थिइन् । उनले हारगुहार मागिन्, तर त्यो सुनसान जङ्गलमा कसैले सुनेन । अचेत अवस्थामै किशोरले उनको बलात्कार गरे ।

त्यसपछि उनले रेश्मीकाकै सलले घाँटीमा कसेर हत्या गरे । रेश्मीकाको मृत शरीरमा उनले सुरुवाल लगाइदिए । पेन्टी घटनास्थलमै छुटेको हुन्छ । पेन्टी पछि झाडीमा भेटिएको थियो । बलात्कार र हत्या गरेको स्थानबाट शवलाई घिसार्दै एउटा सानो रुखसम्म लगेर घाँटीमा बाँधिएको सल रुखमा बाँधेर छाडिदिन्छन् ।

धेरै पढिएको