८ आश्विन २०८२, बुधबार
Follow Us

मलद्वारमा १ किलो सुन लुकाएर ल्याउने विमानस्थलमै पक्राउ

नेपालब्रिटेन संवाददाता
८ आश्विन २०८२, बुधबार १२:३२

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४८ वर्षीय रोनक मदनी हुन् ।

उनलाई मंगलबार दिउँसो विमानस्थलको भन्सार एरियाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीबाट ८ सय ३५ ग्राम अवैध सुन बरामद भएको छ । भारतको मुम्बईबाट इन्डिगो एयरमार्फत् काठमाडौं आएका उनलाई आगमन भन्सार एरियामा जाँच गरिएको थियो ।

प्रहरीले शंका लागि नियन्त्रणमा लिई केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको सुन फेला परेको थियो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइने छ ।

धेरै पढिएको