काठमाडौँ । विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू दसैँमा दुई दिन बन्द रहने भएका छन् । असोज १५ गते नवमी र १६ गते दसैँको टीकाको दिन बन्द रहने भएका हुन् ।
दूतावासहरूले सूचना जारी गर्दै दुई दिन बन्द रहने जनाएका हुन् ।
नेपाल राजपत्रमा २०८१/११/१५ गते गृह मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार विदेशस्थित नियोगहरूले सम्बन्धित मुलुकका सार्वजनिक बिदाहरू समेत दृष्टिगत गरी बढीमा १८ दिनसम्म सार्वजनिक बिदा आफैँले व्यवस्थापन र समायोजन गर्न सक्ने व्यवस्था गरेको थियो ।
दसैँ बिदामा दूतावास बन्द रहे पनि अत्यावश्यक काम परेको खण्डमा काम गर्न सकिने दूतावासहरूले जनाएका छन् । संयुक्त अरब ईमिरेट्सस्थित नेपाली राजदूतावासले भने तीन दिन बिदा दिएको छ ।
अन्य दूतावासहरूले भने आवश्यकताका आधारमा बिदाको व्यवस्था गरेका छन् ।