१७ कार्तिक २०८२, सोमबार
Follow Us

एनआरएनए स्थापना दिवसका अवसरमा पत्रकार सम्मेलन आज

नेपालब्रिटेन संवाददाता
२५ आश्विन २०८२, शनिबार ०८:४७

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिवसको अवसरमा आज विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ। संघको विविध गतिविधि तथा हालका योजनाबारे जानकारी गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो।

संघले सम्पूर्ण सञ्चारकर्मीहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। पत्रकार सम्मेलन आज शनिबार दिउँसो ३ बजे बालुवाटारस्थित एनआरएनए सचिवालयमा हुनेछ।

संघका पदाधिकारीहरूले गत वर्षका गतिविधि, आगामी योजनाहरू र संघको संस्थागत पहलबारे जानकारी दिने बताइएको छ।

धेरै पढिएको