काठमाडौं । सोलुखुम्बुको उच्च हिमाली क्षेत्र लबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । लबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा हेलिकप्टर चिप्लिएर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेका अनुसार बुधबार बिहान भएको घटनामा हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल छन् । दुर्घटना हुँदा हेलिकप्टरमा पाइलटबाहेक अन्य यात्रु नरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले पुष्टि गरेका छन् ।
अवतरणका क्रममा हेलिप्याडमा चिप्लिएपछि हेलिकप्टरमा सामान्य क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।