१२ कार्तिक २०८२, बुधबार
Follow Us

एमालेका पूर्वसांसद तथा प्रभु बैंकका सञ्चालक देवीप्रसाद भट्टचन पक्राउ

नेपालब्रिटेन संवाददाता
१२ कार्तिक २०८२, बुधबार ०३:३५

काठमाडौं । नेकपा एमालेका पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । व्यवसायी समेत रहेका उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो ।

प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक हिनामिनामा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रभु ग्रुपका अध्यक्ष समेत रहेका भट्टचनविरुद्ध यसअघि नै उजुरी समेत परेको थियो । उनी सहकारी ठगी प्रकरणमा पनि मुछिएका थिए ।

भट्टचनविरुद्ध ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोपमा प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएकी थिइन् । तर, उक्त जाहेरी लामो समय प्रहरी कार्यालयमा अलपत्र परेको थियो ।

धेरै पढिएको