२३ मंसिर २०८२, मंगलवार
Follow Us

दुर्गा प्रसाईं फेरि पक्राउ

नेपालब्रिटेन संवाददाता
१ मंसिर २०८२, सोमबार १९:१९

भक्तपुरस्थित निवासबाट प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। सोमबार अबेर राति प्रहरीले प्रसाईलाई पक्राउ गरेको स्रोतले बतायो। उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ।

उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो। प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए।

प्रसाईं पटकपटक पक्राउ परिसकेका छन्। यसअघि उनलाई चैत १५ गतेको भएको तीनकुनेको आन्दोलनपछि भारतबाट पक्राउ गरी ल्याएको थियो। त्यसअघि उनलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अनुसार पटकपटक पक्राउ गरेको थियो।

धेरै पढिएको