१८ माघ २०८२, आईतवार
Follow Us

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो साक्षी बुझ्ने आदेश

नेपालब्रिटेन संवाददाता
१८ माघ २०८२, आईतवार १२:२७

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ ।

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले आइतवार साक्षी बुझ्ने आदेश दिएको हो । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइपछि सो आदेश भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय मागदाबी गरेको छ ।

धेरै पढिएको