काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति तारा शाही नेपाली काँग्रेसमा प्रवेश गरेकी छन्। आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति शाही काँग्रेस प्रवेश गरेकी हुन्।
रास्वपाको पछिल्लो गतिविधि र राजनीतिक दिशा नै अस्पष्ट रहेको र यसले राजनीतिक यात्रा गन्तव्यविहीन हुने भन्दै पुन: आफ्नै पुरानो घर फर्किएको बताइन् । शाहीलाई केन्द्रीय सदस्य रामुदेवी खड्काले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी थिइन् ।
विशेष महाधिवेशनबाट नेपाली काँग्रेसमा नयाँ नेतृत्व आएको अवस्थामा शाही काँग्रेस फर्किएकी छन्।