४ मंसिर २०८२, बिहीबार
Follow Us

कांग्रेस बैठक फेरि स्थगित

नेपालब्रिटेन संवाददाता
४ मंसिर २०८२, बिहीबार ०५:५८

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरि स्थगन गरिएको छ । बिहीबार (मंसिर ४) दिउँसो २ बजे बस्ने भनिएको बैठक स्थगन गरिएको हो ।

कांग्रेस केन्द्रीय समितिको बैठक अब आउँदो शनिबार (मंसिर ६) दिउँसो १ बजे बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठक सानेपास्थित केन्द्रीय कार्यालयमै बस्नेछ । बैठकमा केन्द्रीय समितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश सभापतिलाई उपस्थित हुन भनिएको छ ।

पछिल्लो समय कांग्रेस बैठकको मिति पटक–पटक तोकिएर स्थगन गरिएको छ । कांग्रेस केन्द्रीय समितिको बैठक एक महिनाभन्दा बढी समयदेखि जारी छ ।

धेरै पढिएको