काठमाडौं । लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि काठमाडौं बाहिर जान दिने विषयमा गरेको निर्णयबाट सरकार पछि हटेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । बिना तयारी सरकारले यस्तो निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो ।
प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए । गहृ मन्त्रालयले समेत भोलि र पर्सि नै पठाउन सम्भव नभएको राय दिएपछि निर्णय उल्टिएको बताइएको छ ।