काठमाडौँ । भोली शुक्रवारबाट प्रदर्शनमा आउने सिनेमा ‘हर्ष’को बुधवार ललितपुरस्थित लविम मलका भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा यो सिनेमा स्वर्गीय शिव रेग्मीकी श्रीमती ज्ञानु रेग्मीसहित निर्माता, निर्देशक, लेखक, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।
भारतको मुम्बईका बस्दै आएकी अभिनेत्री निरुता सिंह लामो समयपछि नेपाली सिनेमाको प्रमियिर शोमा पुगेकी थिइन् । उनले एकता पौडेलको डेव्यु निर्देशकिय सिनेमा ‘हर्ष’ एकदमै राम्रो बनेको बताइन् ।
‘सिनेमाको सुरुवातमा नै आफूले स्वर्गीय निर्देशक शिव रेग्मीको तस्बिर देखेपछि आफू भावुक भएको बताउँछिन् । ‘हर्ष’ एकदमै सन्देश मूलक सिनेमा हो । यस्तो घटनाहरू हाम्रो घर परिवार र समाजमा घटेका मैले देखेकी छु । त्यसैले एक पटक यो सिनेमा सबैले हेर्नु होला ।’
स्वर्गीय निर्देशक शिव रेग्मी पत्नी ज्ञानु रेग्मीले पनि ‘हर्ष’ राम्रो बनेको भन्दै भान्जी एकतालाई सफलताको शुभकामना दिइन् । १२ वर्षपछि खोला पनि फर्किन्छ भन्छन् हाम्रो परिवारमा पनि आज त्यस्तै भएको छ । १२ वर्षपछि भान्जी एकता पौडेलले सिनेमा निर्माण तथा निर्देशन गर्ने आँट गरेकी छन् । एकदमै खुसी लागेको छ ।
‘निर्देशक शिव रेग्मी वा मेरो श्रीमानले भन्नु हुन्थ्यो नेपाली सिनेमा काम गर्ने मान्छे आउँदा कहिल्यै नरिसाउनु । नेपाली सिनेमा उद्योग मेरो घर हे । त्यहाँ काम गर्ने कलाकारहरू मेरो सन्तान हुन् । त्यसैले उनीहरूलाई सधै माया गर्नु भनेको अझै सम्झना छ । आज बिहीबार स्वर्गीय निर्देशक शिव रेग्मीको वार्षिकी पनि हो,’ उनले भनिन् ।
अभिनेता समेत रहेका व्यवसायी संजोग कोइरालाले पनि हर्ष एउटा फरक अनुभव दिने पारिवारिक सिनेमा बनेको भन्दै सबैलाई हेर्न आग्रह गरेका हुन् । अभिनेत्री वर्षा राउतले पनि प्रिमियर शोमा सिनेमा राम्रो बनेको प्रतिक्रिया पाउँदा हर्षित बनेको बताइन् ।
सिनेमाका मुख्य अभिनेता खगेन्द्र लामिछाने पनि प्रिमियर शोमा मिलेको प्रतिक्रियाले खुसी देखिन्थे । आफूले पहिलो पटक फरक खालको सिनेमा गरेकाले कस्तो होला भन्ने थियो । सबैले मन पराइदिनु भयो । खुसी लागेको छ । अव दर्शकले पनि मन पराउनु हुनेछ भन्ने विश्वास छ ।
डेव्यु निर्देशक एकता पौडेलले आफूले बच्चादेखि सिनेमा निर्माण तथा निर्देशन गर्ने सपना साकार हुँदा निकै खुसी लागेको बताइन् । ‘आज प्रिमियर शोमा सिनेमा हेर्नु भएका पाहुनाहरूले मामाको झल्को दिन सफल भएको बताउनु भएको छ । त्यसले पनि आगामी दिनमा अझै राम्रा सिनेमा निर्माण गर्नु पर्ने चुनौती समेत देखिएको छ । सिनेमाकर्मी तथा पत्रकारहरूले जस्तै दर्शकले पनि हर्ष मन पराउनु हुन्छ भन्ने अपेक्षामा छु हेरम के हुन्छ,’ निर्देशक पौडेलले भनिन् ।
सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।
आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।
अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रसन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।