काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबी भेटवार्ता हुने भएको छ । प्रधानमन्त्री कार्की र व्यवसायी प्रसाईंबीच आगमी १५ पुसभित्र उच्चस्तरीय भेटवार्ता तय भएको प्रधानमन्त्रीको सचिवालय उच्च स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री कार्कीका मुख्य सल्लाहकार अजयभद्र खनालले नागरिक बचाउ महाअभियान नेपालका संयोजक समेत रहेका प्रसाईंलाई पत्र पठाउँदै भेटवार्ता तय गरिएको जानकारी गराएका हुन् ।
सरकारले सञ्चारमन्त्री जगदिश खरेलको संयोजकत्वमा वार्ता समिति नै गठन गरेर निरन्तर संवाद भइरहेको जनाएको छ । सरकारले विभिन्न पाँचवटा बुँदामा तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू पनि प्रसाईंलाई पत्रमार्फत जानकारी गराएको छ ।