८ पुष २०८२, मंगलवार
Follow Us

सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार नाघ्यो

नेपालब्रिटेन संवाददाता
८ पुष २०८२, मंगलवार ०६:४०

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा पाँच हजार पाँच सय रुपैयाँले बढेर २ लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २० रुपैयाँले बढेर तोलामा ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

धेरै पढिएको