१५ पुष २०८२, मंगलवार
Follow Us

डा. हेम राज शर्माले जापानमा आयोजित एनआरएनए कार्यक्रमलाई सम्बोधन गर्ने

नेपालब्रिटेन संवाददाता
१५ पुष २०८२, मंगलवार ०७:३०

टोकियो – गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले जापानमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।

गैरआवासीय नेपाली संघ जापानका अनुसार, उनले जनवरी ४ तारिख टोकियोमा आयोजना हुने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने छन्।

डा. शर्माले करिब २० वर्षअघि एनआरएनए जापानको महासचिव पदमा निर्वाचित भएर आफुले एनआरएनए अभियानमा संलग्न हुन सुरु गरेको स्मरण गर्दै, एनआरएनए अभियान र जापानसँगको सम्बन्ध अटुट र मजबुत रहेको बताए।

उनी जनवरी १ देखि ५ तारिखसम्म जापानमा रहने छन्।

यसअघि डा. हेम राज शर्माले संघको १२औं महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। गैरआवासीय नेपाली संघको १२औं महाधिवेशन फेब्रुअरी २३, २४ र २५ मा काठमाडौँमा हुने छ।

धेरै पढिएको