१८ पुष २०८२, शुक्रबार
Follow Us

अस्थायी साधनमा महँगो कर, बच्चा हुर्काउने सामानमा छुट दिएर जन्मदर बढाउने चीनको रणनीति

नेपालब्रिटेन संवाददाता
१८ पुष २०८२, शुक्रबार १३:०३

काठमाडौँ । चीन सरकारले जन्मदर बढाउने उद्देश्यले परिवार नियोजनका अस्थायी साधनको मूल्यमा विक्री कर बढाएर महँगो बनाएको छ ।

चीनमा सन्तान जन्माउने दर घटेर भारतको भन्दा कम जनसंख्या भएपछि जन्मदर बढाउन विभिन्न प्रयास भइरहेका छन् । पछिल्लो पटक सरकारले कण्डम र अन्य गर्भ निरोधक चक्कीहरूमा १३ प्रतिशत विक्री कर लगाइएको बीबीसीले जनाएको छ ।

अर्कोतर्फ बच्चाको स्याहार सुसारसँग सम्बन्धित सेवा र वस्तुमा भने यस्तो कर हटाइएको छ । यो व्यवस्था जनवरी १ देखि लागु भएको छ । विश्वकै दोस्रो अर्थतन्त्र भएको चीनले जनसंख्या बढाउने कोसिस गरिरहेको छ ।

सन् १९९४ मा चीन सरकारले जन्म दर रोक्न कण्डमलगायत साधनमा कर छुट दिएको थियो । त्यसबेला चीनले एक सन्तानको नीति लिएको थियो । कण्डमलगायत गर्भ निरोध महँगो भएपछि मानिसले तिनको प्रयोग कम गर्ने र सन्तान वृद्धि हुने अपेक्षाले यस्तो निर्णय भएको बताइएको छ ।

धेरै पढिएको