९ माघ २०८२, शुक्रबार
Follow Us

डा. हेमराज शर्मा : एनआरएनए जापानको नागोया क्षेत्रमा अन्तरक्रिया

नेपालब्रिटेन संवाददाता
१९ पुष २०८२, शनिबार ०२:५५

लण्डन : संस्थागत एकताको सन्देश बोकेर जापान पुगेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले टोकियोसहित जापानका विभिन्न क्षेत्रका नेपाली समुदायसँगको अन्तरक्रिया तथा भेटघाटलाई तीव्र बनाएका छन्।

गैरआवासीय नेपाली संघका सचिव पारशमणि पोखरेलका अनुसार डा. शर्मा आज (शनिबार) एनआरएनए जापानको नागोया क्षेत्रद्वारा आयोजना गरिने अन्तरक्रिया कार्यक्रममा सहभागी हुँदैछन्।

कार्यक्रममा गैरआवासीय नेपाली संघको विगत, वर्तमान अवस्था तथा भावी कार्यदिशाबारे विस्तृत छलफल हुने जनाइएको छ। डा. शर्मा गैरआवासीय नेपाली संघ जापानका पूर्व महासचिवसमेत हुन्।

आगामी फेब्रुअरी महिनामा हुने एनआरएनएको १२औँ महाधिवेशनमा अध्यक्ष पदका आकांक्षीसमेत रहेका डा. शर्माले एनआरएनए अभियानमा जापानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आफ्नो चुनावी अभियानको सुरुवात जापानबाटै गर्न टोकियो पुगेका हुन्।

धेरै पढिएको