२६ फाल्गुन २०८२, मंगलवार
Follow Us

रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्धको रिटमा सुनुवाइ हुँदै

नेपालब्रिटेन संवाददाता
२१ पुष २०८२, सोमबार ०६:२६

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको कैद सजाय मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध रिटमा आज सुनुवाइ हुने भएको छ।

न्यायाधीश डा.मनोजकुमार शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा रिटमाथि सुनुवाइ गर्न आज पेसी तोकिएको हो ।

टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले चौधरीको आममाफीविरुद्ध जेठ १६ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन्।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीसहित १९ जनाको कैद सजाय माफी गरिदिएपछि उनी १५ जेठ २०८० सालमा जेलमुक्त भएका थिए।

जेठ २३ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै चौधरीलाई आममाफी दिनुको कारणबारे सरकारसँग लिखित जवाफ मागेको थियो। तर त्यसपछि सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन।

सोही मुद्दामा तीन तहकै अदालतबाट चौधरीलाई दोषी ठहर गरेको थियो।

धेरै पढिएको