१३ माघ २०८२, मंगलवार
Follow Us

सादा पोशाकका प्रहरी बालेनलाई भोट माग्दै ?

नेपालब्रिटेन संवाददाता
१३ माघ २०८२, मंगलवार १५:४७

काठमाडौँ। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिँदै गर्दा गृह मन्त्रालयले नेताहरूको सुरक्षा थ्रेटलाई मध्यनजर गर्दै सुरक्षाकर्मी परिचालन गरिरहेको छ ।

सामान्य रूपमा यो कदम स्वाभाविक भए पनि झापा ५ मा घण्टीका उम्मेदवार रहेका बालेन साहकी श्रीमती सविना काफ्लेसँगै खटिएका सुरक्षाकर्मीका कारण विवाद सिर्जना भएको छ । बालेनकी श्रीमती सविना हिजोदेखि घरदैलो अभियानमा छिन् । बर्दीमा खटाउँदा प्रश्न उठ्ने देखेर प्रहरी प्रशासनले प्रहरीलाई सादा पोशाकमा खटाएको बताइन्छ ।

दमक नगरपालिका–९ पुगेकी सविनासँग जम्बो टोली साथमा थियो । उपस्थित धेरैले टोलीमा रास्वपाका नेता तथा कार्यकर्ता रहेको अनुमान गरेपनि पाँच जना सादा पोशाकका प्रहरी रहेको स्रोतले जानकारी दिएको छ ।

झिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काले पुष्टि गर्दै भने, ‘पूर्वप्रधानमन्त्रीज्यू (केपी ओली) को लागि पहिले नै टोली थियो । सविनाको भेटघाटमा कुनै समस्या नहोस् भनेर चार–पाँच जनाको टोली खटाएका हौँ । सुरक्षा उद्देश्य बाहेक अरु केही होइन ।’

धेरै पढिएको