काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा पुगेका छन्। निर्वाचन लक्षित कार्यक्रममा सहभागिता जनाउन उनी माघ २३ गते (आज) जिल्ला प्रवेश गरेका हुन्।
ओलीको सचिवालयका अनुसार अध्यक्ष ओलीको झापा भ्रमण निर्वाचन तयारी तथा संगठनात्मक गतिविधिसँग सम्बन्धित कार्यक्रमहरूमा केन्द्रित रहेको छ।
भ्रमणका क्रममा उनले स्थानीय नेता-कार्यकर्तासँग भेटघाट गर्ने, चुनावी रणनीति र संगठन सुदृढीकरणबारे छलफल गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ। विमानस्थलमा पार्टीका स्थानीय नेतृत्व तथा कार्यकर्ताले अध्यक्ष ओलीको स्वागत गरेका थिए।