२३ माघ २०८२, शुक्रबार
Follow Us

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा डंगोल नियुक्त

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८२, शुक्रबार ११:१२

काठमाडौँ। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी प्रमुख प्राविधिक अधिकृत रीना डंगोललाई तोकिएको छ।

प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरबाट भएको निर्णयअनुसार उक्त जिम्मेवारी माघ २३ गतेदेखि लागू हुने गरी प्रदान गरिएको हो।

निर्णय कार्यान्वयनसँगै डंगोलले आजै कम्पनीको निमित्त प्रबन्ध निर्देशकको रूपमा पदभार सम्हालेकी छन्। व्यवस्थापन तहको यो जिम्मेवारी सम्हाल्दै उनी टेलिकमको दैनन्दिन सञ्चालन तथा नीतिगत समन्वयको नेतृत्वमा रहनेछिन्।

धेरै पढिएको