२३ माघ २०८२, शुक्रबार
Follow Us

रुपन्देही-३ का प्रलोपाका प्रतिनिधि सभा उम्मेदवार पार्टीबाट निष्कासित

नेपालब्रिटेन संवाददाता
२३ माघ २०८२, शुक्रबार ११:०९

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही-३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् ।

पार्टी हित विपरीतका व्यक्तिवादी गतिविधिमा संलग्न भएको भन्दै उनलाई पार्टीले कारबाही गरेको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति निकालेर काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लंघन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको उल्लेख गरेका छन् ।

उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको र आफ्नै श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

धेरै पढिएको