२८ माघ २०८२, बुधबार
Follow Us

फागुन ६ बाट बालेन-रवि देश दौडाहामा निस्कँदै

नेपालब्रिटेन संवाददाता
२८ माघ २०८२, बुधबार १३:३०

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साह आगामी फागुन ६ गते धनगढीमा आयोजना हुने चुनावी सभाबाट देश दौडाहामा निस्कन लागेका छन्।

पार्टीले धनगढीको पशुपति टोल (महोत्सव स्थल) मा जनसम्बोधनअघि र्‍याली निकाल्ने तयारी गरेको छ। यस अभियानले फागुन २१ मा हुने चुनावलाई केन्द्रित गर्दै सातै प्रदेशमा ठुला चुनावी सभाहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ।

पहिले बेग्लाबेग्लै यात्रा गर्दै आएका सभापति लामिछाने र वरिष्ठ नेता शाह अब संयुक्त रूपमा दौडाहामा सहभागी हुनेछन्। साथै, रास्वपाले बालेन साहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारको रूपमा अघि सार्दै प्रचार अभियानलाई तीव्रता दिएको छ।

धेरै पढिएको