२९ बैशाख २०८१, शनिबार
Follow Us

इच्छा कामना नमूना गाउँपालिका बन्ने

नेपालब्रिटेन डट कम्
३० असार २०७४, शुक्रबार १५:२०

चितवन । ईच्छाकामना गाउँ पालिकाको बिकासका लागि पर्यटन प्रबर्धन गर्नु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । आज गाउँपालिकाको दिगो बिकासका लागि सुझाब संकलन तथा अन्तरकृया कार्यक्रममा वोल्ने सरोकारवालाले यस्तो सुझाब दिएका हुन ।
जनप्रतिनिधि आइसकेपछि यस क्षेत्रको बिकास हुने बिश्वासमा रहेका जनता अहिले पर्यटन प्रबर्धन गर्न सकेको खण्डमा बिकासले फड्को मार्ने बताएका थिए । अहिले ईच्छाकामना गाउँपालिकाको पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न सम्भावित पर्यटकीय क्षेत्रको खोजी गर्ने कार्यक्रमहरुलाई प्रथामिकतामा राख्दै, क्रमागत कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको उनिहरुले बताएका थिए ।
गाउँपालिका अध्यक्ष गीता गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत पुष्पराज खनालले सरकारबाट बिनियोजित भएको २९ करोड रुपैंया बजेटको विनियोजन र परिचालनका विषयमा जानकारी दिनु भएको थियो ।
छलफलका क्रममा सर्वसाधारण जनताले जनप्रतिनिधि पाए पछि आफ्नो क्षेत्रको बिकासका लागि सहयोग पुग्ने र भ्रष्टाचार न्यूनिकरण गर्न सहयोग पुग्ने बताएका थिए । सो अवसरमा गाउँपालिका अध्यक्ष गुरुङले जनसहभागिता सहित बिकासले जनतालाई निकास दिने बताउनु भयो । कार्यक्रममा वोल्दै उहाँले ईच्छाकामना गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने बताउनु भयो । सो अवसरमा गाउँपालिका उपाध्यक्ष कृर्तिकुमार श्रेष्ठ, नेपाली काग्रेसका प्रतिनिधि बिष्णु कुवर, एमालेका नारायणप्रसाद अधिकारी, माओवादी केन्द्रका प्रताप गुरुङ् र वडा सचिव निलकण्ठ लामिछाने बोल्नु भएको थिया