१२ भाद्र २०८२, बिहीबार
Follow Us

वर्षापछि बिपी राजमार्ग अवरुद्ध

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०८२, बिहीबार ०४:३०

काभ्रे । लगातारको वर्षापछि बिपी राजमार्ग अन्तरगत काभ्रेको रोशी गाउँपालिका–मंगलटार क्षेत्रका विभिन्न खण्डमा पहिरो खस्दा राजमार्ग दुवैतर्फ सवारी आवागमन अवरुद्ध भएको छ।

जिल्ला ट्राफिक कार्यालय काभ्रेले दिएको जानकारी अनुसार लेदो र पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो। अवरुद्ध सडक खोल्न डोजर परिचालन गरी सफाइ कार्य भइरहेको जनाइएको छ।

सडक अवरुद्ध भएपछि यात्रुहरू बिचमा अलपत्र परेका छन् भने लामो तथा छोटो दुरीका सवारीसाधन राजमार्गमा रोकिएका छन्।

धेरै पढिएको