लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) नेदरल्याण्डले शनिवार ११५ औं महिला दिवस विशेष कार्यक्रमको आयोजना गरेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले विश्वभर नारि दिवस मनाइँदै आएको पृष्ठभूमिमा नेदरल्याण्ड शाखाले पनि महिलाहरुको सम्मान र हकहितका लागि विशेष कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गरे। उनले महिलाहरुको सामाजिक तथा पारिवारिक भूमिकालाई सशक्त बनाउने आवश्यकताबारे जोड दिए।
एनआरएनए महिला उपाध्यक्ष रोजिना प्रधान राईले विश्वभर महिलामाथि हुने पारिवारिक हिंसा र असमानताप्रति आफ्नो चिन्ता व्यक्त गरिन्। उनले संघले विगतमा पनि महिला अधिकार र हकहितको संरक्षणमा निरन्तर काम गर्दै आएको स्मरण गराइन्।
कार्यक्रमको अध्यक्षता एनआरएनए नेदरल्याण्डकी अध्यक्ष सबु पौडेलले गरेकी थिइन्। कार्यक्रममा एनआरएनए महिला संयोजक अनुजा प्रधान, यूरोप संयोजक चिरञ्जीबी खड्का, उपाध्यक्ष रामशरण सिम्खडा, यूरोप महिला संयोजक प्रसुना कँडेल, साथै डिबी बोहोरा, दिपा काफ्ले, श्रद्धासिंह थापा, शशिकान्त पौडेल, इन्द्र लामा लगायतले विचार व्यक्त गरे।
कार्यक्रममा यूरोप महिला अभियान्ता किरण सिग्देल, एनआरएनएको केन्द्रीय र राष्ट्रिय पदाधिकारीहरू, सल्लाहकारहरू लगायतको विशेष उपस्थिती रहेको थियो।