१२ असार २०८३, शुक्रबार
Follow Us

उपसभामुख पदका लागि सरस्वती लामा र रुवी कुमारीबीच प्रतिस्पर्धा हुने

नेपालब्रिटेन संवाददाता
२६ चैत्र २०८२, बिहीबार १०:२९

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र श्रम संस्कृति पार्टीकी सांसद रुवी कुमारी ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दर्ता बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा संघीय संसद् सचिवालयमा गरिएको थियो।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सरस्वती र रुवी कुमारीको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

रुवी कुमारीको उम्मेदवारीमा आर्यन राई प्रस्तावक र अशोककुमार चौधरी तथा अम्बिकादेवी निरौला समर्थकका रूपमा रहेका छन्। सरस्वती लामाको उम्मेदवारीमा ज्ञानेन्द्र शाही प्रस्तावक र खुश्वु ओली, ताहिर अलि र भरत गिरी समर्थकको रूपमा रहेका छन्।

रुवी कुमारीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन गरेको छ । कुनै तिलस्मी घटना भएन भने रुवीकुमारी उपसभामुख बन्ने निश्चित छ ।

धेरै पढिएको