२७ बैशाख २०८३, आईतवार
Follow Us

गोदावरीका मेयरले चलाएको सरकारी गाडी दुर्घटना

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०८३, आईतवार ०६:२०

धनगढी । कैलालीको गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्टले चलाएको सरकारी स्कार्पियो गाडी शनिबार राति दुर्घटनामा परेको छ ।

अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी उपमहानगरपालिका–१३ राजपुरमा उनले चलाएको सुपप्र०१००१ झ ६०१ नम्बरको गाडी दुर्घटनामा परेको हाे ।

गाडी दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीकाअनुसार गाडी प्रहरी चौकी कैलाली गाउँमा राखिएको छ । मेयर भट्ट भने सामान्य भएकोले तत्कालै आफन्तसँग घर गइसकेका छन् ।

धेरै पढिएको