२ जेष्ठ २०८३, शनिबार
Follow Us

अमेरिकामाथि नेपालको शानदार जित

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८३, शनिबार ११:१०

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकमा आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि नेपालले ९ विकेटको शानदार जित निकालेको छ । अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

कुशल र आसिफ शेखले पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरेका थिए । आसिफ ७२ बलमा ५९ रन बनाएर आउट भए । इसान पाण्डे २९ बलमा १६ रन बनाएर नटआउट रहे । बलिङमा मोहम्मद मोहसिनले एक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा समेटिएको थियो । अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

अमेरिकाविरुद्ध भुर्तेलद्वारा शतक प्रहार
नेपाली ओपनिङ ब्याटर कुशल भुर्तेलले शतकीय पारि खेलेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भइरहेको आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा उनले अमेरिकाविरुद्ध शतक प्रहार गरेका हुन । उनले अमेरिकी बलर मोहम्मद मोहशिनको बलमा एक रन लिँदै शतक पूरा गरेका हुन् ।

धेरै पढिएको