२ जेष्ठ २०८३, शनिबार
Follow Us

परराष्ट्र मन्त्रालयद्वारा ‘ग्रीष्मकालीन इन्टर्नशिप २०२६’ कार्यक्रम सुरु

नेपालब्रिटेन संवाददाता
२ जेष्ठ २०८३, शनिबार ०२:०९

काठमाडौं । परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान, नेपालको आयोजनामा “MoFA Nepal Summer Internship 2026 (ग्रीष्मकालीन इन्टर्नशिप २०२६)” कार्यक्रम सुरु गरिएको छ।

नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउन उद्देश्य राखिएको उक्त इन्टर्नशिप कार्यक्रम अन्तर्गत पाँच प्रमुख क्षेत्रमा नीतिगत अध्ययन तथा अनुसन्धान गरिने जनाइएको छ। ती क्षेत्रहरूमा रणनीतिक मामिला, विकास तथा वित्त, उदीयमान प्रविधि, स्वच्छ ऊर्जा तथा नेपाली डायस्पोरा समावेश छन्।

कार्यक्रममार्फत नेपालका साथै विदेशमा रहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा विज्ञहरूको ज्ञान, अनुभव र ऊर्जालाई देशको नीति निर्माण प्रक्रियासँग प्रत्यक्ष जोड्ने लक्ष्य राखिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा रुचि राख्ने सबै इच्छुक व्यक्तिहरूलाई यस ग्रीष्मकालीन इन्टर्नशिपमा सहभागिता जनाउन आव्हान गरिएको छ।

यस पहलले नेपालको कूटनीतिक क्षमता अभिवृद्धि गर्न तथा नीति निर्माणमा युवा पुस्ताको सहभागिता बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

धेरै पढिएको