१२ असार २०८३, शुक्रबार
Follow Us

ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८३, शनिबार १२:४५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १७ महिनाको कार्यकालमा ठूलो संख्यामा भारतीय नागरिक अमेरिकाबाट निष्कासित (डिपोर्ट) गरिएको तथ्य सार्वजनिक भएको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ट्रम्प कार्यभार सम्हालेयताका १७ महिनामा ४ हजार ६०० भन्दा बढी भारतीय नागरिकलाई अमेरिकाबाट भारत फिर्ता पठाइएको हो।

सन् २०२६ मा अहिलेसम्म मात्रै १ हजार ७६ जना भारतीय नागरिकलाई अमेरिका बाट डिपोर्ट गरिएको छ। त्यसैगरी सन् २०२५ मा ३ हजार ५६७ जनालाई देश निकाला गरिएको मन्त्रालयले जनाएको छ।

अमेरिकाले अवैध रूपमा बसोबास गरिरहेका, भिसा अवधि सकिएर पनि बसिरहेकाहरू वा बिना कागजात रहेका आप्रवासीलाई डिपोर्ट गर्ने नीति अपनाउँदै आएको छ।

धेरै पढिएको