काठमाडौँ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रश्न उठाएको छ । आज (सोमबार) बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गरे ।
भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्, जुनसुकै पदमा रहेको होस् कानुनको दायरामा आउनुपर्ने पनि उनले बताए । प्रधानमन्त्री बालेन लगायत सत्तापक्षका नेताले ३५ वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भनिरहेको उनले स्मरण गरे । यहाँनेर उनले प्रधानमन्त्री बालेनले सार्वजनिक गरेको सम्पति विवरणको विषय उनले उठाएका हुन ।
‘प्रधानमन्त्रीजीको सम्पतिमा झण्डै दुई सय तोला सुन देखियो । अन्य मन्त्रिपरिषद्का सदस्यहरूको त्यस्तै धेरै देखियो । उहाँहरुको सम्पति विवरण सार्वजनिक भएको छ’ उनले भने । सम्पति किन आर्जन गर्नुभयो भनेर नसोध्ने उनले बताए ।
‘यद्यपि नेपाली कांग्रेस किन सम्पति आर्जन गर्नुभयो, किन जम्मा गर्नुभयो यो सोध्नैन, खोज्दैन पनि । तर सुन आर्जनको स्रोत के हो ? यो जनताले जान्न पाउनुपर्छ ।’ सार्वजनिक जीवन यापन गर्ने कुर्न पनि पदाधिकारीले, कुनै पनि व्यक्तिले आफ्नो सम्पतिको स्रोत खुलाउनुपर्ने उनले बताए ।
यो सबैको निम्ति भएको भन्दै उनले थपे, ‘त्यो स्रोत के हो रु हामी सोध्छौं । यो सोध्ने विपक्षीको उत्तरदायीत्व पनि हो । हाम्रो जिम्मेवारी पनि हो ।’ यो जिम्मेवारी निर्वाह गरिरहने उनले बताए । उनले आफूहरूको मूल चासो भ्रष्टाचार नियन्त्रण गर्नु रहेको उनले दोहोर्याए ।
साथै सरकारले सार्वजनिक पद धारण गरेका उच्च पदस्थ व्यक्तिको सम्पति छानबिन गर्न बनाएको समितिको पनि स्मरण गरेका छन । उनले भने, ‘सम्पतिको छानबिन सुरुवात म विपक्षी दलको नेता हो । मेरो नाम भीष्मराज आङदाम्बे हो । मै बाट सुरु गरौं ।
र प्रधानमन्त्रीजीबाट सुरु गरौं । हामीबाट सुरु गरौं । हाम्रो सम्पतिको छानबिनको सुरुवात हामीबाट सुरु होस् ।’ आफ्नो पाँचथरको भएको र पाँचथरमा सम्पति रहेको भनेर त्यसको पनि छानबिन गर्न आग्रह गरे । आङदाम्बेले अगाडि थपे, ‘र उहाँ (प्रधानमन्त्री)को पनि छानबिन होस् ।’