२२ असार २०८३, सोमबार
Follow Us

ललितपुरमा युवतीमाथि अश्लील हर्कत गर्ने पुरुष सरकारी कर्मचारी

नेपालब्रिटेन संवाददाता
२२ असार २०८३, सोमबार १०:४८

काठमाडौँ । प्रहरीले ललितपुरको इमाडोल स्थित गल्लीमा एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अङ्ग प्रदर्शन गर्ने पुरुषलाई पक्राउ गरेको छ ।

आइतबार साँझ साढे ६ बजेतिर पीडित युवतीले ती पुरुषको भिडियो सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन् । घटनामा संलग्न आरोपमा बैतडी घर भएका सुरेन्द्र भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिएका छन ।

आरोपी भट्ट सरकारी कर्मचारी समेत रहेको खुलेको छ । उनी शिक्षा विकास तथा समन्वय इकाईमा कार्यरत रहेको थाहा भएको छ । गल्लीमा एक्लै देखेपछि भट्टले कपडा खोलेर गोप्य अङ्ग देखाएको युवतीको आरोप छ ।

त्यसपछि उनले हिम्मत गरेर आफ्नो स्मार्ट फोनमार्फत् भिडियो खिच्दै फलो गरिन् र पक्राउ गरिदिन आग्रह गरिन् । अर्का यात्रुले आरोपीलाई नियन्त्रणमा लिएपछि पीडितले खुट्टा ढोग्न लगाएको र आरोपीले ‘सरी’ भनेको भिडियोमा देख्न सकिन्छ ।

पीडितले दिएको निवेदनको आधारमा प्रहरी प्रभाग इमाडोलले त्यसबारे अनुसन्धान थालेको थियो । सिसिटिभी फुटेज सङ्कलन गरेर घटनाबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न अधिकृतहरूले बताएका छन ।

धेरै पढिएको