काठमाडौं । ब्रेन्टफोर्डले मालीका मिडफिल्डर मामाडोउ संगारेलाई क्लब रेकर्ड शुल्कमा अनुबन्ध गरेको छ । जुन लगभग ५२ मिलियन रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।
लेन्सलाई लिग १ मा दोस्रो स्थान हासिल गर्न र गत सिजन ‘कुप डे फ्रान्स’ जित्न मद्दत गर्ने २४ वर्षीय खेलाडीले पाँच वर्षको सम्झौतामा सहमति जनाएका छन्, जसमा अर्को एक वर्षको लागि क्लब विकल्प पनि छ।
ब्रेन्टफोर्डका मालिक किथ एन्ड्रयूजले क्लबको आधिकारिक वेबसाइटलाई भने, ‘मामादु त्यस्तो व्यक्ति हो, जसलाई हामीले धेरै समयदेखि ट्र्याक गर्दै आएका छौं। उनी हाम्रो रडारमा रहेका एक खेलाडी थिए, जसलाई हामी साँच्चै भित्र्याउन उत्सुक थियौं।’
केही समय अल्पकालीन सम्झौतामा खेलेर आफ्नो खेलमा निखार ल्याए पछि गत सिजन उनी का लागि निकै महत्त्वपूर्ण रह्यो। लिगमा दोस्रो स्थान हासिल गरेको ‘लेन्स’टोलीका लागि उनले लगातार उच्च स्तरको प्रदर्शन गरे।
‘हामीसँग पहिले नै रहेको उत्कृष्ट मिडफिल्डमा उनले थप बलियोपन दिनेछन्, साथै, उनीसँग त्यस्ता गुणहरू छन्, जुन हामीसँग हाल छैनन्। उनले हाम्रो वर्तमान मिडफिल्डलाई अझ परिपूर्ण बनाउँछन्,’ एन्ड्रयुजले भने, ‘ब्रन्टफोर्डको खेलाडीबाट हामीले मैदानभित्र र बाहिर जे जस्तो अपेक्षा गर्छौं, उनी ती सबै मापदण्डमा खरो उत्रिन्छन्। मलाई लाग्छ, उनी समर्थकहरूमाझ निकै लोकप्रिय खेलाडी बन्नेछन्।’
उता, ब्रन्टफोर्डले गत महिना जोर्डन हेन्डरसनसँगको सम्झौता रद्द गर्न सहमति जनाएको थियो र अब यी इंग्लिस मिडफिल्डर चेल्सीमा आबद्ध हुने देखिएको छ। संगारे गत गर्मीयाममा र्यापिड भियनाबाट लेन्समा आबद्ध भएका थिए र उनले ‘लिग १’मा २९ खेल खेलेका थिए। साथै, उनले मालीलाई ‘अफ्रिका कप अफ नेसन्स २०२५’ मा छनोट हुन मद्दत गरेका छन् र आफ्नो देशका लागि १६ पटक सिनियर टोलीबाट खेलिसकेका छन्।