२० श्रावण २०८३, बुधबार
Follow Us

बेलायतमा कलाकारको नयाँ रेकर्ड: ६० भन्दा बढी कलाकार भिजिट भिषामा (सूचि सहित)

नेपालब्रिटेन संवाददाता
२० श्रावण २०८३, बुधबार १२:१५

लन्डन । बेलायतमा नेपाली कलाकारहरूको अभाव रहेको गुनासोबीच सन् २०२६ मा मात्रै ६० भन्दा बढी कलाकारहरू विभिन्न कार्यक्रमका लागि बेलायत आइपुगेको तथ्यांक सार्वजनिक भएको छ। लोक तथा दोहोरी गीतसँग सम्बन्धित गायक–गायिका, सर्जक, बाद्यवादक, नायक–नायिका, डान्सर तथा मोडलहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

उपलब्ध जानकारीअनुसार, यस वर्ष बेलायतका विभिन्न संघ–संस्था तथा व्यक्तिगत आयोजनाहरूमा सहभागी हुन वरिष्ठदेखि चर्चित तथा नवप्रतिभासम्मका कलाकारहरू निरन्तर आइरहेका छन्। केही कलाकारहरू कार्यक्रम सम्पन्न गरी फर्किसकेका छन् भने केही आउने क्रममा छन्।

अधिकांश कलाकारहरू कार्यक्रममै व्यस्त रहनुले बेलायतमा नेपाली समुदायबीच सांस्कृतिक गतिविधिहरूको संख्या मात्र होइन, स्तर पनि उल्लेखनीय रूपमा बढ्दै गएको सहजै अनुमान गर्न सकिन्छ। आयोजकहरूको सक्रियता र दर्शकहरूको बढ्दो सहभागिताले सांस्कृतिक कार्यक्रमहरू थप व्यवस्थित र प्रतिस्पर्धात्मक बन्दै गएका छन्।

यस वर्षको कलाकार आगमनलाई हेर्दा यो अहिलेसम्मकै उच्च रेकर्ड हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, यति धेरै कलाकारहरू बेलायतमा हुँदाहुँदै पनि केही स्थानबाट अझै कलाकार नपुगेको भन्दै फोन तथा सन्देशमार्फत गुनासो आउने क्रम भने रोकिएको छैन।

बेलायतमा बढ्दो नेपाली सांस्कृतिक गतिविधि र कलाकारहरूको व्यापक उपस्थितिले यहाँको नेपाली समुदायमा कला–संस्कृतिप्रतिको आकर्षण अझ प्रगाढ हुँदै गएको देखिन्छ।

बेलायतको कानूनअनुसार भिजिट भिषामा आएका पर्यटकहरूले औपचारिक रूपमा काम गर्न नपाउने प्रावधान भए पनि नेपाली समुदायमा कलाकारहरूले आफ्नो प्रस्तुति दिँदै आएका छन्।

कलाकारहरूको नामावली

१. प्रेमराज महत
२. शर्मिला गुरुङ
३. बद्री पंगेनी
४. चन्द्र शर्मा
५. इन्द्र जिसी
६. विष्णु खत्री
७. दुर्गा गुरुङ
८. मौसम गुरुङ
९. मेलिना राई
१०. रमेशराज भट्टराई
११. दुर्गेश थापा
१२. समीक्षा अधिकारी
१३. जमुना राना
१४. सम्झना भण्डारी
१५. बालचन्द्र बराल
१६. मञ्जु विक
१७. मनमाया वाइबा
१८. निरा थापा मगर
१९. शोनी कुँवर क्षेत्री
२०. निर्जला गुरुङ
२१. चिज गुरुङ
२२. शर्मिला गुरुङ (सरु)
२३. कृष्ण सुवेदी
२४. रेजिना परियार
२५. रुपी सिन्जाली
२६. सबिना बुढा
२७. सपना रोका
२८. अस्मिता डल्लाकोटी
२९. शक्तिबहादुर गोदार
३०. प्रकाश दूतराज
३१. ललिता पुन
३२. निरुता पुन
३३. कुमारी चेपाङ
३४. भूमिका शाह
३५. रेश्मा तामाङ
३६. सरिश्मा रामजाली
३७. अस्मिता राना
३८. दीपा सुहाङ
३९. राजेन्द्र घर्ती मगर
४०. कामना ओली
४१. बिमता घर्ती मगर
४२. प्रोशेस पाण्डे
४३. शोभा त्रिपाठी
४४. कुमार योन्जन
४५. निता थापा मगर
४६. संजिता दुरा
४७. प्रिया गुरुङ
४८. गोभिन पुन
४९. धनबहादुर गुरुङ
५०. बबिता बानियाँ
५१. सविता परियार
५२. शिवदास गुरुङ
५३. सन्तु थापा
५४. विश्व दोङ
५५. जितु लोप्चन
५६. कुमार लामा लोप्चन
५७. मिनमार तामाङ
५८. सपना गाहा
५९. पल शाह
६०. दिलिप श्रीस
६१. राजु गुरुङ
६२. सुनिला गुरुङ
६३. राजु लामा

– मनसुधन थापा मगर

धेरै पढिएको