काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ ।
नेताहरुको आग्रहमा देउवा २८ साउनमा स्वदेश फर्किने तय भएको स्रोतले जनाएको छ । यसअघि देउवा २६ साउन राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी गराइएको थियो ।
कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २८ गते मध्यान्ह साढे १२ बजे थाई एयरबाट काठमाडौं अवतरण हुने छन् ।
राति काठमाडौं अवतरण हुँदा स्वागत गर्न असहज हुने भएकाले समय परिवर्तन गरिएको कांग्रेस संस्थापन इतर समूहका प्रचार–प्रसार संयोजक मीन विश्वकर्माले बताएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका पूर्वसभापति देउवा १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए । त्यसपछि उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए ।