रास्वपाले विभिन्न देशमा प्रवास नेपाली सम्पर्क विभागको नेतृत्वको जिम्मेवारीसमेत तोकेको छ। उपलब्ध विवरणअनुसार अष्ट्रेलियामा डा. कृष्णकान्त पौडेल, न्युजिल्याण्डमा अशोक कँडेल, दक्षिण कोरियामा युविन श्रेष्ठ, हङकङमा जेबी गुरुङ र मकाउमा उदित खत्री प्रमुख छन्।
मलेसियामा नेत्र केसी, जापानमा दीपक केसी, भारतमा अर्जुन भण्डारी, थाइल्याण्डमा प्रकाश सुवेदी र माल्दिभ्स्मा प्रवीन कार्कीले नेतृत्व गरिरहेका छन्।
खाडी तथा मध्यपूर्वतर्फ ओमानमा पदम आले, कुवेतमा ईश्वर भण्डारी, कतारमा अब्दुल करिम, इजरायलमा दुर्गा चापागाईं, साउदी अरेबियामा भूपाल भण्डारी, युएईमा सुजन थापा र बहराइनमा चिरञ्जीवी पाण्डे प्रमुख छन्।
उत्तर अमेरिकातर्फ अमेरिकामा चेतराज उपाध्याय र क्यानडामा कुमार उप्रेतीले नेतृत्व गरेका छन्।
युरोपतर्फ नेदरल्याण्ड्समा अञ्जन गुरुङ, अष्ट्रियामा विकास कार्की, नर्वेमा जीवन उप्रेती, फ्रान्समा कविन्द्र कायस्थ, बेल्जियममा कृष्ण दाहाल, स्पेनमा विकास लामा, लक्जेम्बर्गमा जितु थापा र डेनमार्कमा शशी ढकाल प्रमुख छन्।
त्यस्तै स्विजरल्याण्डमा रेशम खत्री, पोल्याण्डमा विदुर शर्मा, फिनल्याण्डमा रुक्मिणी भट्टराई, साइप्रसमा मीना कार्की, जर्मनीमा अमृत पौडेल, पोर्चुगलमा नर फगामी, माल्टामा राजेन्द्र भण्डारी र रोमानियामा असीम दियाली प्रमुख रहेको विवरणमा उल्लेख छ।
त्यसैगरी सेचेल्समा प्रदीप सापकोटा र आयरल्याण्डमा अभेद्यपाणी गौतमले प्रवास नेपाली सम्पर्क विभागको नेतृत्व गरिरहेका छन्।
यसअघि जारी गरिएको विभागीय प्रेस विज्ञप्तिमा पनि एसिया–प्रशान्त, खाडी तथा मध्यपूर्व, उत्तर अमेरिका र युरोपका विभिन्न देशमा विभागका प्रमुखहरूको नाम उल्लेख गरिएको छ।