जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई बुधबार साँझ ललितपुरको कुसुन्तीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । उनको पक्राउ प्रहरीका उच्च स्रोतले पुष्टि गरेका छन् ।
तर, उनलाई के आरोपमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन । उनको पक्राउको कारण र उनीमाथि लगाइएको अभियोगबारे प्रहरीले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ ।