१० भाद्र २०८३, बुधबार
Follow Us

एनआरएनएले भोलिदेखि नुवाकोटमा राहत वितरण गर्ने

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८३, बुधबार १८:३७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशीका बाढीपीडितका लागि बिहीबारदेखि राहत वितरण गर्ने भएको छ। संघका अध्यक्ष डा. हेमराज शर्माका अनुसार पहिलो चरणमा नुवाकोटमा टेन्ट, खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका राहत सामग्री वितरण गरिनेछ।

यसअघि संघले राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।

धेरै पढिएको