१० भाद्र २०८३, बुधबार
Follow Us

भारतको मानवीय सहायता काठमाडौं आइपुग्यो

नेपालब्रिटेन संवाददाता
१० भाद्र २०८३, बुधबार १८:४५

नेपालमा आएको विनाशकारी बाढीपहिरोपछि भारतले पठाएको मानवीय सहायता तथा स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरले सामाजिक सञ्जाल एक्समार्फत भारतको मानवीय सहायता तथा विपद् प्रतिकार्य (HADR) सामग्री र औषधि काठमाडौं पुगेको जानकारी दिएका हुन्। उनले राहत प्रयासलाई थप सहयोग गर्न थप सहायता परिचालन भइरहेको पनि बताएका छन्।

भारतले यसअघि नेपालका लागि १० टन HADR सामग्री तथा अत्यावश्यक औषधि पठाएको थियो। भारतीय वायुसेनाको C-130J विमानमार्फत पठाइएको राहत सामग्रीमा अस्थायी आश्रय, कम्बल, सरसफाइ सामग्री, सौर्य बत्ती तथा औषधिलगायतका सामग्री रहेको जनाइएको छ।

जयशंकरले विपद्मा ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्। थप राहत तथा उद्धार सहयोगका लागि भारतले आवश्यक कदम अघि बढाउने जनाएको छ।

धेरै पढिएको