१३ भाद्र २०८३, शनिबार
Follow Us

यी हुन् बाढी पिडितलाई आर्थिक सहयोग गर्ने मनकारी एनआरएन अभियान्ताहरु !

नेपालब्रिटेन संवाददाता
१३ भाद्र २०८३, शनिबार २०:३६

लण्डन । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको राहत अभियान शनिवार तेस्रो दिन पनि निरन्तर जारी रह्यो। प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै मानवीय सहयोगलाई प्राथमिकतामा राख्दै संघका पदाधिकारी तथा स्वयंसेवकहरूको टोली प्रभावित क्षेत्रमा खटिएको थियो ।एनआरएनए राहत अभियानअन्तर्गत हालसम्म रु ४ करोड ८२ लाख ७४ हजार ७५ रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ। संकलित रकम राहत तथा मानवीय सहायता पछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ। संघले विभिन्न एनसीसीमार्फत संकलित सहयोग रकमको पारदर्शी विवरण तयार गरी सार्वजनिक गर्नेछ।

धेरै पढिएको