लण्डन । विश्वभर छरिएका नेपालीहरूले गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत बाढीपीडितका लागि सहयोग पठाउन थालेका छन्।
भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि गैरआवासीय नेपाली संघले स्थापना गरेको रु. ५ करोडको राहत कोषमा हालसम्म विभिन्न व्यक्ति तथा संस्थाले सहयोगको प्रतिबद्धता जनाएका छन्। संघका अध्यक्ष डा. हेमराज शर्माका अनुसार राष्ट्रिय समितिहरूले आ–आफ्नो स्तरमा आर्थिक संकलन गरिरहेका छन्।
विभिन्न देशमा रहेका एनआरएनएका राष्ट्रिय समितिहरूले आर्थिक संकलन अभियान सञ्चालन गरेका छन्। संकलनको काम सम्पन्न भएपछि उक्त रकम गैरआवासीय नेपाली संघमार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारी गरिएको छ।
एनआरएनए यूके र एनआरएनए अष्ट्रेलियाले मात्रै एक–एक करोड रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै, संघका पूर्वपदाधिकारी तथा विभिन्न देशमा रहेका नेपालीहरूले समेत राहत कोषमा उल्लेख्य सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
एनआरएनएमार्फत नेपाललाई सहयोग गर्ने पूर्वपदाधिकारीहरू
