काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत काठमाडौंस्थित नागार्जुन नगरपालिका–१० मा नयाँ वडा कार्यसमिति गठन भएको छ। शनिबार सम्पन्न अधिवेशनले किशोर खत्रीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो।
त्यस्तै, उपसभापतिमा तुलसीराम लामिछाने, गीता ओझा नेउपाने (महिला उपाध्यक्ष), सचिवमा सविता पण्डित, सहसचिवमा तीर्थराज शर्मा (दीपक शर्मा) र कोषाध्यक्षमा पुष्पराज गौतम सर्वसम्मत चयन भएका छन्।
समितिका सदस्यहरूमा सावित्री बराल, सीता भित्राकोटी, जिवु कुमारी काफ्ले, भोजराज खत्री, निर्मला राना थापा, विवेक विक्रम थापा र विनोद रोक्का चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिका सहसचिव दीपक शर्माले वडा नम्बर १० मा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा समूहको प्रभाव नरहेको दाबी गरे। उनका अनुसार अधिवेशनमा सबै पक्षबीच सहमति कायम भएको थियो।
“यो क्षेत्रमा नेपाली कांग्रेसको अधिवेशन भव्य रूपमा सम्पन्न भयो। सबै एकठिक्का छौं,” शर्माले भने।
